भारतमा ओमिक्रोन संक्रमण तीव्र, डेल्टाभन्दा खतरनाक रहेको भारतीय विज्ञको दाबी

अखबार हब
२०७८ पुष ७, बुधबार १७:४८

नयाँ दिल्ली । छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। भारतको स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पाँच दिनमै ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या दुई सय माथि पुगेको छ। यो भेरियन्ट डेल्टाभन्दा पनि खतरनाक रहेको भारतीय विज्ञहरुको दाबी छ।

पछिल्लो तथ्यांकअनुसार भारतमा ओमिक्रोनबाट २३० जना संक्रमित भएका छन्। भारतको १५ वटा राज्यमा ओमिक्रोन संक्रमण फेलिएको बताइएको छ। भारतमा पहिलो संक्रमण २ डिसेम्बरमा देखा परेको थियो। २० दिनमै त्यो संख्या २३० पुगेको हो। सबैभन्दा बढी महराष्ट्रमा ६५, दिल्लीमा ५७ र तेलंगानामा २४ संक्रमित रहेका छन्।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश र पश्चिम बंगालमा एक–एक जनामा संक्रमण देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*