मकवानपुरमा दुई वटा शव भेटिए

मकवानपुर। मकवानपुरमा छुट्टाछुट्टै ठाउँमा दुई वटा शव फेला परेको छ ।
कैलाश गाउँपालिका–६ पकने मराङसिङका वीरबहादुर ब्लोनको बारीमा धादिङ गजुरी–४ भुमिढुङ्गाका २२ बर्षीय शंकर तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका–१८ गुम्बाडाडा खोल्सामा अन्दाजी ४०/४५ बर्षका एक पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मुचुल्का तथा अनुसन्धानका लागि प्रहरी परिचालन गरिए उनले जानकारी दिए ।