मकवानपुरका तामाङ समुदायले विशेष कार्यक्रम गरी मनाउँदै सोनाम ल्होसार

अखबार हब
२०७९ माघ ८, आईतवार १०:३९

मकवानपुर। सोनाम ल्होसारका अवसरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा विशेष कार्यक्रम गरी मनाइदै छ । आफ्नै भेषभुषामा सजिएर सांस्कृति कार्यक्रम गरी लोसार मनाइदै छ । ल्होसार पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएका छन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*