मनहरीमा बुहारी एकता समुह गठन

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– १ मा बुहारी एकता समुह गठन गरिएको छ ।
गाउँमा रहेका महिलाहरुलाई सामाजिक रुपमा एकजुट गराउँने उद्ेश्यका साथ शनिवार अपेक्षा पाठक उप्रेतीको अध्यक्षतामा बुहारी एकता समुह गठन गरिएको हो । समुहको उपाध्यक्षमा रेखा वि.क, सचीव प्रमिसा खनाल, सह–सचीव सानुमाया लो, कोषाध्यक्ष रुकु न्यौपाने लगाएत ३१ सदस्य बुहारी एकता समुह गठन गरिएको हो ।
गाउँमा रहेका बुहारीसदस्य सुत्केरी भएमा सबै सदस्य मिलि सुत्केरी खुराक हस्तान्तरण गर्दै सदस्यमा सद्भाव कायम राख्ने तथा टोल गत सामाजिक कार्यमा बुहारीहरुलाई सहभागि गराउँने उद्ेश्य लिएर समुहको स्थापना गरिएको अध्यक्ष उप्रेतीले बताईन् । साथै समुहको उदेश्य अनुसार आजै समुहको सदस्यसमेत रहेकी लक्ष्मी बर्तौलाकी ९० वर्षीय सासु विष्णुमाया बर्तौलालाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
हरेक गाउँ समाजमा बुहारी महिलाहरु यसै गरि एकबद्ध भएमा मात्र सिङ्गो मुलुकको मुहार फेरीन सक्ने मनहरी गाउँपालिका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि सीता पुलामी मगरले बताईन् । बुहारीहरु सधै घर गोठमा मात्र रहदैनन्, समाज परिवर्तनमा पनि अग्रसर हुन्छन् भन्ने उदाहरण यस समुहले लिएको उनले बताइन् । समुहलाई गाउँपालिका बाट गर्नु पर्ने सबै किसिमका सहयोग गर्न पालिका प्रतिवद्ध रहेकोसमेत उनले बताईन् ।
कार्यक्रम स्थानीय बुहारी गायत्री थापाको सभाध्यक्षतामा भएको थियो ।