शैक्षिकस्तर सुधारमा प्राथमिकता : अध्यक्ष सिग्देल

अखबार हब
२०७९ माघ ६, शुक्रबार १७:३०

मकवानपुर । वडाले शैक्षिकस्तर सुधारमा प्राथमिकता दिईएको र गुणस्तरीयताको लागि कार्यक्रम केन्द्रीत गरेको हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताउनु भएको छ ।

वडा कार्यालयद्वारा आयोजना गरिएको र वडा शैक्षिक गुणस्तर सुधार समितिद्वारा व्यवस्थापन गरिएको एकदिने आधारभूत गणित शिक्षा सहजीकरण कार्यशालाको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले विधार्थीमा गुणस्तरीय शिक्षा प्रवाह गर्नको लागि शिक्षक आफै नयाँ नयाँ विषयबस्तु अपडेट हुनपर्ने र सृजनात्मक अध्यापनमा जोड दिनुपर्ने बताउनुभयो ।

भुटनदेवी माविमा भएको कार्यशालामा वडाका ६ वटा माविका १८ जना सहभागी भएका थिए भने कार्यशालाको सहजीकरण विषय शिक्षक दीपक अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा नवदोय माविका प्राचार्य दुर्गा भट्टराई, ब्रम्हदीप एकेडेमीका कुमार बाँनिया, भुटनदेवी मावि व्यवस्थापन समिति सदस्य कमला दाहालको उपस्थितिमा भएको कार्यशालाको उद्घाटन कार्यक्रमको सभाध्यक्ष भुटनदेवी माविका प्रअ माधव दाहालले गर्नुभएको थियो । त्यस्तै, श्रमिक माविमा छात्रवृद्वि वितरण तथा त्रैमासिक परि कार्यक्रम भएको छ । वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आथित्यता तथा विध्यालय व्यवस्थापन समितिका कावा अध्यक्ष रिता दाहालको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा निर्वाचित वडा सदस्य गीता त्रिपाठी, विध्यालयका सह–प्रधानाध्यापक गोपिरमण प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*