राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

अखबार हब
२०७९ माघ ४, बुधबार ११:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् ।

पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा शाहीलाई मनोनीत गरेका हुन् ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठवन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो ।

तर, अध्यक्ष लिङ्देनले मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई सचेतकको जिम्मेवारी सुम्पिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*