प्रशिक्षण उपलब्धिमूलक रह्योः प्रशिक्षार्थी

अखबार हब
२०७९ पुष २३, शनिबार २१:२७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ द्वारा आयोजित बाल कक्षा सहयोगी शिक्षकका लागि शैक्षिक सामग्री तथा प्रयोग प्रशिक्षण उपलब्धीमूलक भएको प्रशिक्षार्थीहरूले बताएका छन् ।

प्रशिक्षणको समापन कार्यक्रममा सहभागी शिक्षकले प्रशिक्षणबाट धेरै नयाँ कार्यहरू सिकेको र वडा कार्यालयले महत्वपूर्ण कार्यक्रम आयोजना गरेको बताए । उनीहरूले सिकाईले विध्यार्थीको मनोभावना बुझेर कार्यक्षेत्रमा कार्यान्वयन गर्ने र यसको लागि विध्यालयको प्रशासनको सहयोग रहनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अथिति ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले शिक्षामा गुणस्तर कायम गर्न आवश्यक कार्यक्रम निरन्तर सञ्चालन गर्नेमा जोड दिए । सिकाई र प्रतिस्पर्धाद्वारा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनु भएको छ । समग्र विकासको लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने हुँदा स्थानीय तहले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका रहनुपर्ने बताउनु भयो ।

प्रशिक्षण कार्यक्रम आधुनिक माविको हलमा भएको र प्रशिक्षणमा वडाका ८ वटा विध्यालयका २४ जना शिक्षक सहभागी भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन भएको थियो । वडा शैक्षिक गुणस्तर सुधार समितिका संयोजक तथा श्रमिक मावि प्रधानाध्यापक श्रीराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू जनरल श्रेष्ठ, गीता त्रिपाठी, आधुनिक माविका व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर विक, आधुनिक माविका प्रअ रामसागर गुरागाईँ, नवोदय माविका प्रिन्सिपल दुर्गाप्रसाद भट्टराई, सत्यम् जेभिर्यस् बद्रिप्रसाद पुडासैनी, आमसाईका प्रभात खत्री, आरामाविका शिक्षक राजाराम पोख्रेललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*