मकरीका युवाहरुको गाउँ सरसफाई अभियान

अखबार हब
२०७९ पुष २३, शनिबार २१:०४

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –१ का युवाहरुले गाउँ सरसफाई अभियानको थालनी गरेका छन् ।

विगत लामो समय देखि नाला सफाई नहुँदा दुर्गन्ध फैलिन थालेपछि स्थानीय युवाहरुले सरसफाई अभियान चलाएका हुन् । शनिवार बाट सुरुभएको सरसफाई कार्यलाई अभियानकै रुपमा अघि बढाईने योजना रहेको अभियान्ता राममणि न्यौपानेले जानकारी दिए ।

अभियान अन्तर्रगत आज मनहरी –१ मकरी स्कुल चोक देखि नालासहित फोहोर सफा गर्न श्रमदान गरिएको थियो । अभियान दैनिक रुपमा सञ्चालन गरिने भएकोले इच्छुकले शनिवार बाहेक बिहान ७ बजे देखि ९ बजेसम्म र शनिवार दिनको २ बजे देखि ५ बजे सम्म सहभागि भई अभियानलाई सहयोेग गर्न सकिने अभियानका संयोजक सूर्यबहादुर पराजुली(कुमार)ले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*