बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दै

मकवानपुर। बागमतीको प्रदेश सभा अधिवेशन आजका लागि आह्वान भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालको यो पहिलो बैठक हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् । बैठकका एजेण्डा के के रहने भन्ने विषयमा सर्बदलिय छलफलपछी तय गर्ने भएको छ ।
४ मंसिरमा भएको आम निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।