मकवानपुर २ (क) मा माओवादी केन्द्रकी मोक्तान बिजयी

मकवानपुर । मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर -२ को क मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेकि नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दै बिजयी भएकी छिन ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विस्णु ढकाललाई ३ सय २२ मत अन्तरले पराजित गर्दै बिजयी भएकी हुन । कुल ४६ हजार ५३ मत गणना गर्दा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी मोक्तानले १९ हजार ८ सय ७३ मत प्राप्त गरिन । नेकपा एमालेका ढकालले १९ हजार ५ सय ५१ मत प्राप्त गर्दै उपबिजेता बनेका छन ।
माओवादी केन्द्रकी मोक्तान बागमती प्रदेशकि सामाजिक मन्त्री समेत हुन ।