मकवानपुर २ : महेश बर्तौलाको अग्रता कायमै

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौलाले २ सय २४ मतसहित अग्रता लिएका छन् ।
हालसम्म १७ हजार २ सय ८५ मतगणना गर्दा एमालेबाट उम्मेदवार बनेका बर्तौलाले ७ हजार १ सय ७० मत प्राप्त गरेको हो ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले ६ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार बर्तौला र गठबन्धका उम्मेदवार खतिवडाबीच २ सय २४ मतान्तर देखिएको छ । यस्तै राष्ट्रीय स्वतन्त्र पार्टीका भरत पराजुली दुई हजार ४ सय २९ मत प्राप्त गरेका छन् ।
हेर्नुहोस् कसले कति मत पाए ?