मकवानपुर–२ मा एमाले अगाडि, विरोध खतिवडा पछि परे

अखबार हब
२०७९ मंसिर ५, सोमबार २३:३९

हेटौंडा । मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् ।

६ हजार ५१८ मत गणना हुँदा उनले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*