मकवानपुर २ (क) मा एमालेका ढकालको सुरुवाती अग्रता

अखबार हब
२०७९ मंसिर ५, सोमबार १८:०३

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ (क) मा  मतगणना हाल जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार, हालसम्म निर्वाचन क्षेत्र नं. २ (क) को १ हजार ३०० मत गणना भएको छ ।

उक्त मत गणना हुँदा एमालेबाट उम्मेदवार दिएका विष्णु प्रसाद ढकालले अग्रता लिएको छ । ढकालले सत्तारुढ गठबन्धबाट उम्मेदवार बनेकी कुमारी मोक्तानलाई ३७० मतले पछि पार्दै अग्रता लिएका हुन् ।
ढकालले ८३१ मत प्राप्त गर्दा मोक्तान ४६१ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाबाट उम्मेदवार बनेका राम बहादुर घलले १०० मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*