हेटौंडामा रात्री भोजसहितको कार्यक्रमको तयारीमा सत्ता गठबन्धन

अखबार हब
२०७९ कार्तिक २९, मंगलवार १०:३६

मकवानपुर । हेटौंडाको एक होटलमा रात्री भोजसहित गठबन्धनका उम्मेदवार राखेर रात्री भोजको आयोजना गरेर कार्यक्रमको आयोजना गरिएको छ ।

हेटौैंडा–२ स्थित पल्पसा हलमा सत्ता गठवन्धनमा रहेका दलका भातृसंगठनहरुले बिशेष भोजको आयोजना गरेर मतदातालाई प्रभावित पार्नेगरी कार्यक्रम गर्नका लागि बजार क्षेत्रका सबैलाई निमन्त्रणा कार्ड पठाइएको हो ।

यही कार्तिक ३० गते बुधबार साझ ५–३० बजेका लागि कार्यक्रम आयोजना गरिएको छ । लोकतान्त्रीक बाम गठवन्धनका उम्मेदवारसमेत राखेर गठवन्धनमा रहेका दलका भातृसंगठनहरु नेपाल लोकतान्त्रीक व्यापारसंघ मकवानपुर, नेपाल उद्योग व्यापारसंघ मकवानपुर र राष्ट्रिय व्यापार संगठन मकवानपुरको आयोजनामा रात्री भोज समेतको व्यावस्था गर्दै मतदाता प्रभावित पार्नेगरी कार्यक्रम गर्न लागिएकोमा विरोध समेत भएको छ ।

युवा अर्थबिध डाक्टर स्वणिम वाग्ले र सत्ता गठवन्धनका उम्मेदवारलाई राखेर कार्यक्रम आयोजना गरिएको हो । भोज गरेर कार्यक्रम गर्न नमिल्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए । यस कार्यक्रमका लागि कुनै अनुमती पनि नमागिएको र चुनाबका समयमा कुनैपनि उम्मेदवारलाई राखेर भोजको आयोजना गरेर कार्यक्रम गर्न नमिल्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*