राष्ट्रियता बोक्न सक्ने आँटिलो नेता हुन् ओली– कमल थापा

मकवानपुर । नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमाले अध्यक्ष के पी ओली राष्ट्रियता बोक्न सक्ने आँटीलो नेता भएको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्षले लिएको नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा ऐतिहासिक निर्णय लिनसक्ने नेता भएको उहाँको भनाई थियो ।
शनिबार मकवानपुरको बकैया गाउँपालिकामा आयोजीत चुनावी सभा र विद्यार्थी भेलामा बोल्दै थापाले केपी ओलीजस्तो एउटा दृढ आडन र राष्ट्रवादी सोच भएको नेताले यो देशलाई संकटबाट मुक्त तुल्याउनका लागि ऐतिहासिक निर्णय लिनसक्ने धारणा राख्नुभयो ।त्यसैगरी ओलीसँग एउटै सरकारमा रहेर काम गरेको बताउँदै सो समयमा आफूहरुले मिलेर गरेका कामहरु पनि अहिले पनि सम्झन लायक रहेको बताउनुभयो ।उहाँले भन्नुभयो ‘केपी ओलीसँग एउटै सरकारमा रहेर काम गर्ने अवसर पाएको थिएँ । हामीले भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सफल भयौँ ।’
त्यसैगरी ओलीले सरकारमा रहेका बेला गरेका गरेका केही कामहरुको कारण ओली सम्मानित नेता भएको धारणा राख्नुभयो ।
दुई वटा कामका लागि ओलीलाई सधैँ देशले सम्झिनेछ भन्दै मधेशमा देखा परेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम गरेको बताउनुभयो । त्यसैगरी लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुन लगाएको बताउनुभयो । लिम्पियाधुरा समेत समेटेर नेपालले आफ्नो सीमानामा आफ्नो प्रतिवद्धता व्यक्त गरेको । चुच्चे नक्सा बनाएर नेपाल र नेपालीलाई गुन लगाएकोले राष्ट्रवादी शक्तिले जित्नुपर्ने बताउनुभयो ।
अहिलेको निर्वाचन भनेको बिदेशीको इसारामा चल्ने कठपुतली सरकार बन्नबाट रोकेर राष्ट्रवादी सरकार गठन गर्ने अभिभारा एमालेको नेतृत्वमा रहेको थापाको भनाई छ ।
कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोख्रेल, देबराज रीमाल, नारायण सापकोटा, जिल्ला उपसचिव हिदम लामा, मकवानपुर १(क) का उम्मेद्बार कमल बिष्ट, जिल्ला सचिवालय सदस्य मदन दाहाल, दिपक खड्का धरम लामा, कृष्ण चौलागाईं, नरहरी महतलगायत सहभागी हुनुहुन्थ्यो ।