श्रेष्ठको प्रतिबद्धता : हेटौंडालाई शैक्षिक हवको रुमपा विकास गरिने, क्याम्पालाई प्रादेशिक रंगशाला बनाईने

अखबार हब
२०७९ कार्तिक २४, बिहीबार २१:५०

मकवानपुर । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एवम् मकवानपुर क्षेत्र न.१ को प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गरिने बताएका छन् ।

आज हेटौंडामा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । हटौंडामा प्रदेश विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै प्राविधिक जनशक्ति तयार गर्न

प्राविधिक शिक्षा (जस्तैः वन, कृषि, पशु, इन्जिनियरि, स्वास्थ्य) शैक्षिक संस्थाहरूको स्थापना तथा सञ्चालन गर्न पहल गरिनेछ बताएका छन् ।

त्यस्तै खेलकुद क्षेत्रको विकास गर्न एक विद्यालय एक खेल शिक्षकको नीतिगत व्यवस्थाका लागि पहल गरिने बताए ।

व्यवसायिक खेलकुदको विकासका लागि खेल प्रतिष्ठानको स्थापना गरी खेलाडी तथा खेल क्षेत्रको पूर्वाधार विकास गर्न जोड दिइने जनाएका छन् । गौरीटार रंगशालालाई आधुनिक र व्यवस्थित गर्दै खेल पर्यटनको रूपमा विकास उनको प्रतिबद्धता रहेको छ । क्याम्पाडाँडा खेलमैदानलाई प्रादेशिक रङ्गशालाका रूपमा विकास गर्ने योजना रहेको बताए ।

कर्रा करिडोर र मनकामना डाँडा हुँदै शिखरकटेरी—रानीखोलाको किनार हुँदै साइक्लिङ ट्रेल निर्माण गर्न पहल गुर्नका साथै हुप्रचौर वा अन्य उपयुक्त स्थान छनौट गरी क्रिकेट विशेष प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने उनले बताए । सबै वडामा व्यवस्थित खेल मैदान बनाइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*