चुनावका लागि मकवानपुरमा ३२ सय सुरक्षाकर्मी परिचालन गरिदै

अखबार हब
२०७९ कार्तिक २३, बुधबार १०:४३

मकवानपुर। मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षार्की परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, ससस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्यक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए ।

मकवानपुरका एक सय ६७ वटा मतदान स्थललाई केन्द्रीत गरेर सुरक्षाकर्मी परिचालन गर्न लागिएको उनले बताए । चुनावका लागि पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने पाण्डेले बताए ।

सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, जना र अरु नेपाली सेना खटाउने तयारी गरिएको बुझिएको छ ।

चुनावलाई स्वस्च, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ठुलो सख्यामा सुरक्षा कर्मी परिचालन गर्न लागिएको हो । सुरक्षाकर्मीकै निगरानीमा हरेक मतदान केन्द्रमा काम गरिने छ । बिशेषगरी मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने भएको छ ।

सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् । अहिले निर्वाचन आचारसंहिता उलंघन भए नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसंग मतपत्र लगायतका सामाग्रीहरु लिएर पठाइने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको दश स्थानीय तह मध्यमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ ।

निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ। मकवानपुरमा नेपाल प्रहरीहरु खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचन भरी पालो दिएर त्यो जनशक्ति पनि निर्वाचनमा खटाइएको छ ।

जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको छ । जिल्लाको क्षेत्र नम्बर १ को ‘क’ मा ७७ हजार ९८९ जना र ‘ख’ मा ७२ हजार १६६ मतदाता छन् । त्यस्तैग क्षेत्र नम्बर २ को ‘क’ मा ८३ हजार ०९९ जना र ‘ख’ मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*