‘भ्रष्टाचार अन्त्य गर्न हामीलाई जिताउनु पर्छ’ : लामिछाने

अखबार हब
२०७९ कार्तिक २२, मंगलवार १६:५९

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि आफुहरुलाई मतदान गर्न आग्रह गरेका छन् । मुलुकमा मागेर होइन गरेर खाने वातावरणका लागि स्वतन्त्रण पार्टीलाई मत दिनका लागि आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा आज हेटौंडामा आयोजित सभामा बोल्दै उनले भने–‘तपाईहरुको पार्टी छोड्नुस भन्दीन तर, यो पटकको मत हामीलाई दिनुहोस । पुस्पलाल र विपीले वनाएको पार्टी छोड्नुस भनेको होइनकी आफ्नो मत यस पटक हामिलाई दिनुहोस ।’

भ्रष्टाचार पुरा नियन्त्रण गर्नका लागि एक पटक आफुहरुलाई मतदान गरेर देखाउन आग्रह गरे । फ्रि भिस्सा फ्रि टिकटको लागि नभई बिदेश नजाने वातावरण तयार गर्नका लागि आफुहरु लाग्ने बताएका छन् । हाम्रो पार्टी जितेर संसदमा गएर काम गरेनन् भने अहिले नागरिकले फूल माला लगाएर पठाएको व्यक्तिलाई यहाँ फेरी ल्याएर जनतामाझ माफि मगाउन लगाउने उनले बताए ।

अब पनि नेता रिसाउला, पार्टी रिसाउला भनेर हुँदैन अब मत परिवर्तन गर्न जरुरी रहेको लामिछानेले बताए । अब कुनैपनि खुद्रा कुराकानी गरेर भन्दा पनि धेरै विकासका काम गर्नका लागि हाम्रो पार्टी सरकारमा जान जरुरी रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*