रवी लामिछाने भोलि हेटौंडा आउँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवी लामिछाने भोलि (मंगलबार ) हेटौंडा आउँने भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले आयोजना गरेको चुनावी आमसभा र कोण सभालाई सम्बोधन गर्न लामिछाने भोलि हेटौंडा आउँन लागेका हुन् ।
लामिछानेले भोलि विहान १०ः३० बजे मकवानपुरको मनहरी बजारमा हुने चुनावी कोण सभा र दिनको १२ बजे हेटौंडाको हुप्राचौरमा आयोजना हुन लागेको चुनावी आम सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको पार्टीका जिल्ला सभापति राजकुमार न्यौपानेले जानकारी दिए ।
उक्त पार्टीबाट मकवानपुरको क्षेत्र नम्बर १ मा टाकाराज थापा(सुरेश) र २ मा भरत पराजुली उम्मेदवार छन् ।