भीमफेदीको रंगशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्छ – महेश बर्तौला

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले भीमफेदीको निबुवाटारमा बन्दै गरेको रंगाशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्ने बताएका छन् । नेकपा एमाले भीमफेदी ४ वडा कमिटले आयोजना गरेको बैठकका प्रमुख अतिथिसमेत रहेका बर्तौलाले आफुले निर्वाचन जितेपछी रंगाशालाको स्तरिकरणमा ध्यान दिनेसमेत बताएका छन् ।
बर्तौलाले रंगाशालाको लागि आवश्यक भौतिक पुर्वाधार र आवश्यक सबै व्यवस्थापनमा योजना बनाएर काम गर्ने जनाएका छन् । बागमती प्रदेसमा अघिल्लो सरकार एमालेको हुँदा र पालिकामा एमालेको नेतृत्व हुँदा कामको सुरुवात भएको बताएका छन् । उनले आफू सँग भीमफेदीे विकासको आवश्यक योजना रहेको बताउँदै दुइ सय बिद्यार्थी अटाउने छात्रावास, प्रत्येक घरमा खानेपानीको सुनिश्चितता, चिसापानी गढी र मैत्री बगैंचाको पर्यटन व्यवस्थापन, होमस्टे, कृषि उद्यमलगायको क्षेत्रमा योजना बंैक तयार गरेर काम गरिने बताए ।
कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णुप्रसाद ढकालले बिपक्षी गठबन्धनले नेपालको मौलिकता र सहिष्णुता भड्किने गरि जातको कुरा गरेको बताउदै एमालेले पनि प्रदेस सभामा समानुपातिक तर्फ बलराम बललाई उम्मेदवार बनाएको बताए । उम्मेदवार ढकालले आफू लामो समय पार्टी काममा भीमफेदीसँग जोडिएको बताए । उनले थाहानगर र भीमफेदी संग जोडिएको बताउँदै थाहा र भीमफेदीको समृद्धिको लागि आफुले योजना बनाएर बिकासको काम जनता सँग सल्लाह गरेर गर्ने बताए ।
कार्यक्रममा सहभागी पार्टिको नेता, कार्यकर्ता संग उम्मेदवार ढकाल र बर्तौलाले शुझाव पनि लिएका थिए । उम्मेदवारद्वयले जनतासँग आफुहरुको मन गाँसिएको र आफ्नो गठबन्धन जनतासंग भएको बताउँदै आफुहरु जनताले दिएको सुझाव अनुसार अघि बढ्ने प्रष्ट पारे ।सहभागी कान्छी थापाले एमालेले चुनाब जितिसकेको उम्मेदवारद्वयलाई बताउदै ०७४ मा जितेका बिरोध खतिवडा जस्तो गाउँ नफर्किने काम नगर्न आग्रह गरिन् ।