एमालेको घोषणा : सबै महिलालाई स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने

अखबार हब
२०७९ कार्तिक १५, मंगलवार १५:३४

काठमाडौँ । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार सार्वजनिक चुनावी घोषणापत्रमा एमालेले सबै महिलाका लागि स्यानिटरी प्याड वा वैकल्पिक साधन खरिदका लागि वार्षिक उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

घोषणापत्रमा भनिएको छ, ‘महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिकरु १ हजार ५ सय उपलब्ध गराउने ।’

त्यस्तै एमालेले काठमाडौं उपत्यकामा ३ सय शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*