चित्लाङ्गलाई मिनि काठमाडौँ हैन अर्गानिक चित्लाङ्ग बनाउनुपर्छ– महेश बर्तौला

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार तथा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बर्तौलाले मकवानपुरको चित्लाङ्गलाई मिनि काठमाडौँ नभई अर्गानिक चित्लाङ्ग बनाउनुपर्ने बताएका छन् ।
आज एमालेको आयोजनामा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई संबोधान गर्दै उनले जवजव स्थानीयले चुनाब जिते त्यति बेला मात्रै यस क्षेत्रको विकास भएको इतिहाँस रहेको बताएका छन् ।
चित्लाङ्ग क्षेत्रको पर्यटन विकासमा आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै उनले भने –‘चित्लाङ्गलाई मिनि काठमाडौँ हैन अर्गानिक चित्लाङ्ग बनाउनुपर्छ अनी चित्लाङ्ग चन्द्रागिरी सडकलाई सरर चल्ने र प्रत्यक दिन चित्लाङ्ग आउ आउ लाग्ने बनाउनुपर्छ ।’
चित्लाङ्गसंग मार्खु, कुलेखानी, बज्रबाराहिको कुन्छाल, भीमफेदिको चिसापानी गढि, मैत्री बगैँचा, रिखेस्वर महादेव तथा कैलाशको बैकुण्ठ जोड्ने गरि करिडोर बनाएर पर्यटन, पुर्वाधार बिकास गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
चित्लाङ्ग र आसपासमा बसोबास गर्ने नेवारी समुदायको कला, संस्कृति, ईतिहास संरक्षण गर्न आफुले भुमिका खेल्ने बताए । २० बर्ष सांसद भएका बिरोध खतिवडाले सदनमा चन्द्रागिरी सडकको बिरोध गरेको र जनताको बिचमा मैले गरेको भनेर भ्रम छरेको आरोप समेत बर्तौलाले लगाएका छन्। २१ दिन तपाइले मिहिनेत गरेर सांसदको लागि आफुलाई म्याण्डेड मागिदिनुस आफू पाँच बर्ष जनताको नोकरको रुपमा सेवा गर्ने बताए ।
गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ्ग चन्द्रागिरी सडकमा बिनियोजन भएको छैन– बिष्णु ढकाल
एमालेका तर्फबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनको उम्मेदवारले प्रचार गरेको जस्तो बजेट चित्लाङ्ग चन्द्रागिरी सडकमा बिनियोजन नभएको बताएका छन् ।
चित्लाङमा आयोजित कार्यक्रममा बोल्दै उनले यो सडकको नेतृत्व हिजो देखि एमालेले गरेको र भोलिपनि एमालेले नेतृत्व गर्ने र सडकबाटो निमार्ण सम्पन्न गर्ने बताए ।
चित्लाङ्ग हुँदै डाँबासबाट मनहरी हुँदै चितवन जोडेर बैकल्पिक राजमार्गको बिकास गर्ने बताए । पालुङ देखि चित्लाङ सम्म सिमेन्टको ढलान घर निर्माण हुन थालेकोमा दुख व्यक्त गर्दै यो बेल्टको चित्लाङ्ग, कुन्छाल, पालुङ्ग, दामन क्षेत्रको कला संस्कृतिको संरक्षण गर्दै नया भवन बन्नु पर्ने नितिगत व्यवस्थापन गर्नुपर्ने र आफुले त्यसमा भुमिका खेल्ने बताएका छन् ।