मकवानपुर–२ मा एमाले र पूर्वएमाले बिच प्रतिस्पर्धा

अखबार हब
२०७९ कार्तिक २, बुधबार १०:०६

मकवानपुर । मंसिर – ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला र पूर्व एमाले विरोध खतिवडा बित चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

मकवानपुर–२ मा ०४८ यता चार पटक निर्वाचन लडेर सबैमा जित हासिल गरेका पूर्वमन्त्री विरोध खतिवडा र युवा नेता महेश बर्तौलाबीच प्रतिस्पर्धा हुँदै छ । एकीकृत समाजवादीका खतिवडा सत्तारूढ गठबन्धनका उम्मेदवार हुन् । बर्तौलालाई एमालेको राजनीतिमा ल्याउन खतिवडाकै भूमिका थियो । ०७४ को निर्वाचनमा बर्तौला खतिवडालाई जिताउने अभियानमा खटिएका थिए ।

विद्यार्थी राजनीतिबाट चर्चामा आएका बर्तौला दुई पटक मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । एमाले वाग्मती प्रदेश कमिटीका उपमहासचिव बर्तौला सो क्षेत्रमा नयाँ अनुहार हुन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा मकवानपुरमा एमाले पहिलो र एकीकृत समाजवादी चौथो दल हुन् । यस क्षेत्रमा एमालेले ३६ हजार ८ सय ६६, कांग्रेसले ३४ हजार २ सय ४०, माओवादीले २२ हजार ६ सय ७, एकीकृत समाजवादीले २ हजार ७ सय १९ र राप्रपाले १ हजार ५ सय ३६ मत ल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*