एमालेमा के हुन लाग्यो : भीम रावल

अखबार हब
२०७९ आश्विन २५, मंगलवार १७:२१

काठमाडौं । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिएर अनैतिकताको नमूना देखाएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन् ।

उनले पार्टीमा अनैतिकताको नमूना देखिन थालेको गुनासो गरे ।

उनले लेखेका छन्,‘अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने ! नि.आ.ले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’

यसमा तपाइको मत

Your email address will not be published.


*