युवा नेता बर्तौलाले गरे उम्मेदवारी दर्ता

मकवानपुर । नेपाक एमाले बागमती प्रदेश उप–सचिव तथा युवा नेता महेशकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंसिर–४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बर्तौलाले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । आइतवार( आज) निर्वाचन अधिकृतको कार्यालय पुगेर बर्तौलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अब एमालेका बर्तौलासँग गठबन्धनबाट नेकपा एसका उम्मेदवार विरोध खतिवडा र नेपाली काँग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका भरत पराजुलीको प्रतिष्पर्धा हुनेछ ।
त्यसैगरि प्रदेश सभातर्फ २ (क) मा विष्णु ढकाल र (ख) मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा कमल बिष्ट, १ (ख) मा एकलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
साथै प्रतिनिधि सभा क्षेत्र नं. १ मा भने एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवारी बनाएको छ । थापा एमालेको सुर्य चिन्हबाट चुनाव लड्दैछन् ।