पौडि खेल्ने क्रममा हेटौंडाका तीन बालकको मृत्यु

अखबार हब
२०७९ आश्विन ७, शुक्रबार २०:०२

मकवानपुर । पौडि खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिकाका तीन बालकको मृत्यु भएको छ । शुक्रबार साँझ ५ः३० बजे हेटौंडा ५ र ७ नम्बर वडाको सिमानामा पर्ने न्यूरेनी नागदहस्थित कर्रा खोलामा पौडि खेल्ने क्रममा चारमध्ये तीन बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार साँझ करिब ६ बजेदेखि बेपत्ता बालकहरुको खोजी गर्दा मृत फेला परेको हो । मृत्यु हुनेमा हेटौंडा–१५ फायरलाइन निवासी १७ बर्षिय साहिल लामा, १२ बर्षिय कर्साङ जिम्बा र १३ बर्षिय संजीव मोक्तान रहेको प्रहरीले जनाएको छ ।

पौडि खेल्ने क्रममा खोला गहिरो महसुस गरेपछि हेटौंडा–८ फायरलाइन निवासी १२ बर्षिय रियान्स माझी आफै खोला किनार लागेका थिए । उनीसँगै पौडिएका तीन बालक बगेको देखेपछि रियासले स्थानीयलाई बोलाएका थिए । मृत बालकहरुलाई पौडि खेल्ने हामफालेको स्थानमै फेला पारिएको थियो ।

बालकहरु बेपत्ता भएको प्रहरीले खबर पाएपछि खोजीका लागि सेना र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*