योगेश विश्वकर्माको आवाजमा ‘म त यसै दुखी मान्छे’ बोलको गीत सार्वजनिक

अखबार हब
२०७९ आश्विन २, आईतवार २०:५२

मकवानपुर । गायक योगेश विश्वकर्माको आवाजमा सुसज्जित ‘म त यसै दुखी मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार केपी शर्मा ज्ञावलीको लय तथा शब्दमा तयार भएको सो गित आईतवार योगेश विश्वकर्माको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा आर्थिक रुपले विपन्न परिवारको छोरो साहुसँग व्याजमा ऋण काडेर रोजगारीको लागि विदेशिनु परेको कुरालाई देखाउन खोजिएको छ । रोजगारीको लागि विदेशीदै गर्दा आफुलाई माया गर्ने प्रेमिकासँग

टाडिनु पर्दाको पिडा गीतकार ज्ञावलीले आफ्नो मनको भाव गीत मार्फत पोखेका छन्, भने योगेशले स्वरसँगै अभिनयन मार्फत नेपाली युवाको वास्तविकता झल्काएका छन् ।

म त यसै दुखी मान्छे गीतको म्युजिक एरेन्ज उदय राज पौडेलले गरेका हुन्, भने गीतको निर्देशन साजन कटेलले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*