हेटौंडामा खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने

अखबार हब
२०७९ आश्विन १, शनिबार २०:४०

मकवानपुर । हेटौंडामा प्रथम नेकोस खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमी तथा शुभ दीपावलीको अवसरमा नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको हो ।

हेटौंडामा पहिलो पटक हुन लागेको पेनाल्टी सुट–आउट फुटबल प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरि २५ टिमको सहभागीता रहने महासंघका केन्द्रीय सदस्य निरज सिह ठकुरीले जानकारी दिए ।

एक समुहमा ६ जना रहने खेलको विजेताले ३३ हजार ३ सय ३३ रुपैँया दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैँया नगद पुरस्कार पाउने ठकुरीले बताए । खेल आयोजना गर्न करिब १ लाख खर्च अनुमान गरेको आयोजकले टिम दर्ता शुल्क भने ३ हजार ३ सय ३३ रुपैँया तोकेको छ ।

महासंघले पहिलो पटक आयोजना गर्न लागेको पेनाल्टी सुट–आउट खेल हरेक वर्षको घटस्थापनामासमेत सञ्चालन गरिने उनले बताए । खेल दर्ता फारम भने जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय र ग्लोबल स्पोट्स हाउस हेटौंडा–४ मा उपलब्ध हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*