कमल थापाले भने– स्याबास बालेन ! स्याबास सुनिता !

अखबार हब
२०७९ भाद्र ३१, शुक्रबार १०:२८

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र उपमेयर सुनिता डंगोललाई स्याबासी दिएका छन् ।

आज सामाजिक सञ्जालमार्फत बालेन र सुनितालाई स्याबासी दिँदै थापाले आफू सानो छँदा टुकुचामा पौडी खेलेको रमाइलो सम्झनासमेत स्मरण गरेका छन् । उनले काठमाडौंका खोला नाला सफा र स्वच्छ भएर कलकल बग्ने बनुन् भन्दै शुभकामना पनि दिएका छन् ।

बालेन र सुनितालाई ट्वीटरमा मेन्सन गर्दै थापाले भनेका छन्, ‘हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् । शुभकामना ।’

काठमाडौं महानगरपालिकाको टोलीले बिहीबार टुकुचा खोलाको प्वाइन्ट पत्ता लगाएको थियो । उक्त टोलीले जय नेपाल हलमा उत्खनन सुरु गरेको थियो । महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोलाको प्वाइन्ट भेटेको हो । जय नेपाल हलको कम्पाउन्डको १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*