रश्मिकालाई मोहित बनाउने हेटौँडाकी बरिसाको त्यो डान्स

अखबार हब
२०७९ भाद्र २९, बुधबार १९:४०

मकवानपुर । दक्षिण भारतीय चलचित्र क्षेत्रकी लोकप्रिय नायिका रश्मिका मन्दनाले आफ्नो ट्विटर एकाउन्टबाट हेटौँडाकी एक बालिकाको भिडियो शेयर गरेकी छन् ।

रश्मिका अभिनित फिल्म ‘पुष्पा’को गीत ‘सामे सामे’मा नृत्य प्रस्तुत गर्ने हेटौँडाकी एक बालिकाको भिडियो उनले बुधबार ट्वीटरमा पोष्ट गरेकी हुन् । ती बालिका हेटौँडा–९ सिमेन्ट रोड निवासी बरिसा क्षेत्री हुन् । बालिका बरिसाले ‘सामे सामे’ गीतमा आफ्नो कम्मर मर्काएको आजभन्दा करिब चार महिना अघि हो ।

हेटौँडा–९, स्थित रसल एकेडेमीमा यूकेजीमा पढ्दै आएकी बरिसाले ४ महिनाअघि शुक्रबार आयोजित एक कार्यक्रममा उक्त नृत्य गरेकी थिइन् । उनीसँगै यूकेजीमा पढ्ने अन्य बालिकाहरूले पनि नृत्य गरेका थिए । तर, बरिसाको त्यो डान्स अहिले भाइरल बनेको छ ।

‘रश्मिका ज्यूले शेयर गर्नु भएको बालिकाको भिडियो हाम्रो रसल एकेडेमीमा पढ्ने बरिसा हुन्,’ रसल एकेडेमीका प्रिन्सिपल सरोज पौडेलले भने ।

पौडेलले ४ महिनाअघि एकेडेमीको परिसरमा उक्त भिडियो खिचिएको जानकारी दिए । बरिसाको भिडियो खिच्ने थिइन्, शिक्षिका रोसनी कार्की । उनले एकेडेमी भने छोडिसकेकी छन् । कार्कीले एकेडेमीमा काम गर्दाको सम्झना आएपछि चार दिनअघि मात्रै बरिसाको नृत्यलाई टिकटकमा हालेकी थिइन् । टिकटकको भिडियो भाइरल भएपछि उक्त नृत्य रश्मिकाकोमा पुगेको पौडेल बताउँछन् ।

रश्मिकाले आफ्नो ट्वीटरमार्फत बालिका बरिसा क्षेत्रीसँग भेट्ने इच्छा व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘म यो प्यारीलाई भेट्न चाहन्छु।। म कसरी सक्छु रु’ रश्मिकाले सुपरहिट ‘पुष्पा’ फिल्ममा अभिनयसमेत गरेकी हुन् ।

रसल एकेडेमीका प्रिन्सिपल पौडेलले बालिकालाई रश्मिकासँग भेटाउन चाहेको बताएका छन् । ‘उनले नै भेट्न खोजेकी हुन् । अब भेटाउने पो कसरी हो रु त्याहाँसम्म हाम्रो पहुँच छैन,’ पौडेल भन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*