बानियाँको दम्भमा पराजुलीको काउण्टर

मकवानपुर । स्थानीय तहको निर्वाचनमा आफु इतर को व्यक्तिलाई मात्र टिकट वितरण गरेको आरोप खेप्दै आएका नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँलाई यहि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाब मा त्यहि आरोप महँगो पर्ने देखिएको छ। नेपाली कांग्रेस मकवानपुरमा देखिएको गुट उप गुट को राजनीतिले मकवानपुर कांग्रेस लाइ गिजोली रहेको बेला आगामी चुनाबमा काँग्रेस हराउन कांग्रेस नै सक्रिय रहने अबस्थादेखिएको छ।
कांग्रेस भित्रको गुट को राजनीति भुसको आगो झैँ सल्किरहेको बेला कांग्रेस कसरी जोगाउन सकिन्छ भनेर केहि कांग्रेसी लागि परेको बेला प्रदेश सभापति बानियाको एक पछि अर्को बिबादित काम का कारण मकवानपुर मा कांग्रेस कमजोर बन्दै गैरहेको भन्दै सच्चा कांग्रेसीले चिन्ता ब्यक्त गरेका छन।
स्थानिय तह को चुनाबमा बानियाले आफु निकटका व्यक्ति लाइ मात्र टिकट दिएको भन्दै चरम बिरोध भै रहेको बेला नेपालि काङ्ग्रेस मा लामो समय राजनीति गरेका हरु बानियाले कांग्रेस लाइ निजि कम्पनि जस्तै बनाउन खोजेको भन्दै कार्यकर्ता देखि नेता सम्मका व्यक्ति हरु काङ्ग्रेस छोडेर अन्य पार्टीमा जाने लहड नै चले पछि मकवानपुरमा काङ्ग्रेस कतै बानिया कै कारण सक्किने त होइन भन्ने चिन्ता ले आम कार्यकर्ता लाइ पिरोली रहेको छ।
यता कांग्रेसमा बिगत तिन दशक देखि सक्रिय रहेर मकवानपुरमा काङ्ग्रेस लाइ एक उचाइमा पुर्याउन लागि परेका भरत पराजुली काङ्ग्रेस मा डनबाद धनबाद र व्यक्तिबाद हावी भएको भन्दै स्वतन्त्र पार्टी प्रबेश गरे पछि मकवानपुर कांग्रेसमा तरङ्ग नै पैदा भएको काङ्ग्रेस जिल्ला सदस्यको भनाइ रहेको छ। भारत जी ले नेपालि काङ्ग्रेसमा ठुलो योगदान गर्नु भो सधै सगठन निर्माण मा लाग्नुभो तर कहिले पनि केहि पाउनु भएन। धनबाद हावी हुदै गए पछि मकवानपुर कांग्रेसमा निष्ठाको राजनीति गर्ने हरु एक पछि अर्को पलायन हुदै गइ रहेका छन यस्तो अबस्थामा नेपाली कांग्रेस लाइ आगामी निर्वाचन जित्न निक्कै कठिन हुने जिल्ला सदस्यले गुनासो पोखे। उनले थपे बानिया जी सघिय २ को ख बाट उमेद्वार बन्ने चर्चा छ तर यो पटक बानिया जी लाइ निक्कै गारो हुन सक्ने अबस्था रहेको छ।
मनहरी गाउँपालिका राक्सिराङ्ग गाउँपालिका मा भरत पराजुली को राम्रो जनाधार रहेका कारण भरत पराजुली सघंमा उठे पनि प्रदेशमा उनको इसारामा बानियालाई यो पटक प्रदेश सभा सासद हुन निक्कै कठिन हुने काङ्ग्रेस को बुजाई रहेको छ। मर्ता तो क्या नही कर्ता भने जस्तै यो पटक भरत पराजुली ले बानिया लाइ कस्तो काउन्टर दिने हुन् त्यो भने हेर्न बाकि रहेको छ ।
२०७४ को निर्वाचनमा अग्रपक्ति मा लागेर प्रचार मा हिडेका बानिया का नेता कार्यकर्ता यो पटक भरत खेमा मा प्रचार मै हिड्नुले बानिया को ससदीय यात्रा कतै ब्रेक लाग्ने होइन भन्ने चर्चा पनि चल्ने गरेको छ। गाउमा बिकाश को मार्ग भन्दा पनि चुनाब नजिकदै जादा गरिब मतदाताको भावनालाई एक बोरा चामल सित् तुलाना गर्न खोजेको आरोप ले समेत बानिया लाइ कमजोर बनाउने गरेको छ। आफु मुख्यमन्त्री हुने आस्वासन दिदै जनता लाइ आफुलाई जिताउन आग्रह गरेका बानियाले आफ्ना सहकर्मी हरु नै आफुलाई हराउन लागि परेको पत्तो पाउन सकेका छैनन्। बानिया लाइ नेपालि काङ्ग्रेस का पुराना नेता भरत पराजुलीले नै काउण्टर दिने खतरा बढेको छ।