सन्तोष न्यौपाने स्वतन्त्र पार्टीबाट निलम्बित

अखबार हब
२०७९ भाद्र १९, आईतवार १८:२२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई निलम्बन गरिएको छ ।

सामजिक सञ्जाल फेसबुकको प्रयोग गरि पार्टीको छबिलाई बिगारेको भन्दै हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई निलम्बन गरिएको हो ।

पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीति विपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई समेत बदनाम गर्ने काम गरेको भन्दै न्यौपानेलाई निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डाक्टर मुकुन्द ढकाले पत्र पठाएपछि न्यौपानेको पद २१ दिनमानै पद गएको हो ।

गत श्रावण २७ गते हेटौँडामा भएको बागमती प्रदेश भेलाले न्यौपानेलाई हेटौँडा उपमहानगरपालिकाको संयोजकमा चयन गरेको थियो । तर क्षेत्र नंबर २ मा पार्टीले भरत पराजुलीलाई टिकट दिएपछि रुष्ट बनेका न्योपानेले पार्टीको निति विपरित फेसबुकमा जथाभावी स्टाटस पोष्ट गर्न थालेपछि बाध्य भएर कारबाही गर्नुपरेको जिल्ला संयोजक राजकुमार न्यौपानेले बताए ।

नयाँ पार्टीमा हजारौ नागरिकहरुको आकर्षण रहेको समयमा नगर संयोजकबाट गलत क्रियाकलाप, झुटा तथा अनावश्यक आरोपहरु आउन थालेपनि केन्द्रले उनलाई कारबाही गरेको अध्यक्ष न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*