राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर समितिको सभापतिमा विष्ट

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर समितिले पुर्णता पाएको छ ।
शनिवार पारम्भिक नगर संयोजक सन्तोष न्यौपानेको सभाध्यक्षमा बसको नगर भेलाले पुर्ण बहादुर विष्ट सभापति रहने गरि १३ सदस्य नगर समिति चयन गरेको हो ।
भेलाले उप–सभापतिमा हिरालाल स्याङतान, सचिवमा प्रकाश गौतम, सह– सचिवमा गोपी श्री खड्का, कोषाध्यक्षमा लक्ष्मी लामा, सदस्यहरुमा केपी ढुङ्गाना, महेन्द्र श्रेष्ठ, राजकुमार तिमल्सीना, हरिकृष्ण थापा, सावित्रि ढकाल, दिपेन्द्र तिवारी चयन भएका छन् ।
जिल्ला सभापति राजकुमार न्यौपाने प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय प्रचार प्रसार संयोजक तथा र्यापीट एक्सन टीमका उप–संयोजक बैकुण्ठ थापा(आशिष), र्यापीट एक्सनका केन्द्रय सदस्य प्रेम थापा, प्रदेश सदस्य विरेन्द्र थापा मगर, सुरेश थापा, प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार भरत पराजुली लगायतको उपस्थिति रहेको थियो ।