मनहरीमा तीज विशेष कार्यक्रम

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ ले हिन्दु नारीहरुको पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । आज मनहरी १ मकरी स्थीत बाल जिवन ज्योती माविको प्राङ्गणमा वडा कार्यलयले तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।
तीज विशेष कार्यक्रमको अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियौँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो ।
कार्यक्रममा प्रमुख अथिति मनहरी गाउपालिकाअध्यक्ष रञ्जन कालाखेतिले ‘सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन , सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएका छन ।
तीज पर्वको अवसरमा एक–आपसमा शुभकामना दिन तीज विशेष कार्यक्रमको आयोजना गरिएको वड़ा अध्क्षय शिबप्रसाद खनालले बताए ।कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेति, वड़ा अध्यक्ष शिब प्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतमा भरपुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने स्थानिय कलाकरहरु र बाहिर बाट आयका कलाकार हरूले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो । कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।