प्रारम्भिक जिल्ला भेला गर्दै स्वतन्त्र पार्टी मकवानपुर

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला हुने भएको छ । विहिवार हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो ।
गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थिमा भएको प्रथम प्रदेश स्तरिय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको थियो ।
भेलाले जिल्ला समितिलाई पुर्नता दिने, जिल्लाका पालिकाहरुमा संगठन विस्तार गर्ने पार्टी सचिव रामप्रसाद आचार्य(सुमन)ले जानकारी दिए । भेलामा आगमी निर्वाचनको लागि उम्मेदवारको बारेमासमेत छलफल गरिने आचार्यले बताए । पार्टीले प्रदेश सभाको निर्वाचनमा भने भाग नलिने बताई सकेको छ ।