जनसंगठनका अगुवा कार्यकर्तालाई एमालेको प्रशिक्षण

अखबार हब
२०७९ भाद्र ३, शुक्रबार १३:४१

मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठनका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम आज हेटौंडामा भएको छ । जनसंगठन समन्वय संयन्त्र, नेकपा एमाले मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो । एमाले पार्टीसंग आवद्ध विभिन्न एक दर्जन जनवर्गिय संगठनका अगुना नेताहरुलाई प्रशिक्षण दिइएको हो ।

जनवर्गिय संगठनमा आवद्ध रहेर केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य र जिल्ला कमिटीका पदाधिकारीहरुका लागि प्रशिक्षण दिइएको थियो । कार्यक्रमको उद्घाटन् नेकपा एमालेका स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले गरे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य भारती पाठक, नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बतौंला, नेकपा एमालेका प्रदेश किमटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, भोजराज ढकाल, देबराज रिमाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न जनवर्गिय संगठनका नेताहरु लगायतकाको उपस्थिती रहेको छ । कार्यक्रम जनसंगठन समन्वय संयन्त्र मकवानपुरका इन्जार्ज हिदम लामाको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*