तीन वर्षमा २ हजार २ सय फरार पक्राउ

मकवानपुर । अदालतले सजाय तोकेपछि फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको संख्या बर्षेनी बढेको छ । उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लामा अदालतले सजाय तोकेर फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो ।
तीन बर्षमा बागमतीका १० जिल्लाबाट २ हजार २ सय १८ जना पक्राउ परेका छन् । आव २०७६/०७७ मा २ सय ५९, २०७७/७८ मा १ हजार १ सय ११ र २०७८/०७९ मा ८ सय ४८ जना पक्राउ परेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, बागमतीमा फरारहरुबाट १२ करोड ७९ लाख २८ हजार ८ सय ८० रुपैयाँ जरीवाना असुल गरिएको छ । प्रहरीले तथ्यांकअनुसार आव २०७६/०७७ मा ६३ लाख ९१ हजार ८ सय ७४, २०७७/०७८ मा ५ सय ८४ लाख ४५ हजार ६ सय ३७ र २०७८/०७९ मा ६ करोड २८ लाख ९१ हजार ३ सय ६९ रुपैयाँ असुल गरेको छ ।