महिला सीप विकास केन्द्रको पहिलो चरणको सडक अभियान सम्पन्न

अखबार हब
२०७९ श्रावण २२, आईतवार २१:००

मकवानपुर । महिला सीप विकास केन्द्रको १३ दिने अभियान आज (आईतबार) समापन भएको छ ।

देशभर गृहिणी शिक्षा लागू गर्न, प्रदेश खारेजी र भ्रष्टाचार अन्त्यको लागि महिला सीप विकास केन्द्र, मकवानपुरले गरेको पहिलो चरणको सडक अभियान आज सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा कोण सभा गर्दै अभियानलाई समापन गरिएको हो । मकवानपुरको ३ वटा गाउँपालिकामा सचेतनामुलक पर्चा वितरण, माइकिङ र सभा गरिएको केन्द्र मकवानपुरका अध्यक्ष रिता खनालले बताईन् ।

पछिल्लो समयमा देशमा बढीरहेको बेथिति, भ्रष्टाचार, कुशासन र जनताले धान्नै नसकेको प्रदेश सरकारकोविरुद्ध अभियान चलाइएको अध्यक्ष खनालले बताईन् । अभियानमा १० हजार भन्दा बढी पर्चा बितरण गरिएको उनको भनाई छ । अभियानको दौरान आफूले आधिकाङ्श जनता प्रदेश खारेजीको पक्षमा रहेकोसमेत उनले बताईन् । महिला साक्षर होइन शिक्षित हुनुपर्छ भन्दै अध्यक्ष खनालले महिला अब नेतृत्व तहमा आउनुपर्ने बताईन् ।

केन्द्रले दोस्रो चरणको अभियान एक हप्ता पछी सुरु गर्ने छ । दोस्रो चरणको अभियानमा देशमा बढीरहेको बेथिति, भ्रष्टाचार, कुशासन र जनताले धान्नै नसकेको प्रदेश खारेजीकोविरुद्धमा मकवानपुरका दशै वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाइने उनले जानकारी दिइन् । साथै सुकुमबासीको समस्या, गृहणी शिक्षा लगाएको विषयमा हस्ताक्षर संकलन गरिनेसमेत उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*