निजामती कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा साह

मकवानपुर। नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा बरुण कुमार साह चयन भएका छन् । संगठनको आज हेटौंडामा भएको प्रथम बागमती प्रदेश अधिवेशनले बरुण कुमार साहको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षहरुमा राजेन्द्रकुमार दराइ, प्रमिला केसी तथा युवराज थापालाई चयन गरेको छ । अधिवेशनले महासचिवमा हेमकुमार पाठक, सचिवहरुमा दिपकराज तिमल्सीना, गणेश थापा, देविदत्त घिमिरे तथा कोषाध्यक्षमा विष्णु ढुंगानालाई चयन गरेको छ ।
सदस्यहरुमा गणेश केसी, हरिबहादुर रायमाझी केशव शर्मा, सोमनाथ लामिछाने, मोहन कार्की कमलप्रसाद भुर्तेल, अनुप केसी, मुकुन्द कुमार खड्का, रविन्द्र कंडेल, गिता छगुन्ना, टंक सिवाकोटी, टेकनाथ काफ्ले, पवनकुमार ठाकुर, छत्रबहादुर माझी शान्तिराज मैनाली, प्रतिमा सापकोटा, गोकुल सिल्वाल लगायतलाई चयन गरेको छ ।