अनेरास्ववियु मकवानपुरको २७ औँ जिल्ला सम्मेलनको तयारी पुरा

मकवानपुर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर जिल्ला सम्मेलनको तयारी पुरा भएको छ ।
भोति (बुधबार) बाट सुरु हुने २७ औँ जिल्ला सम्मेलनको तयारी पुरा भएको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए ।
दुई दिन सम्म हेटौंडामा हुन लागेको सम्मेलनले अनेरास्ववियुको नयाँ जिल्ला कमिटी चयन गर्ने अध्यक्ष पौडेलले बताए । अधिवेशनको उद्घाटन अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले गर्ने उनले बताए ।
उद्घाटन लगतै भोलि नै बन्द सत्र सुरु हुने र आगामी नेतृत्वको लागि नयाँ कार्यसमिति निर्माण गरिनेछ । सर्वसम्मतिको प्रयासबाट नयाँ नेतृत्वको चयन गरिनेसमेत उनले बताए ।