लागूऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा

अखबार हब
२०७९ श्रावण १६, सोमबार २१:३६

मकवानपुर । हेटौंडाबाट लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषधसहित दुई महिला र दुई पुरुषलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा–४, चिल्ड्रेनपार्क नजिक चौतारी होटलबाट चार जना पक्राउ गरेको हो ।

प्रहरीले हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ की २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ र हेटौंडा–१२ घर भइ हाल हेटौंडा–११ मा डेरामा बस्ने २५ वर्षीया इशा घलानलाई पक्राउ जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १३ बोतल कोरेक्स फेला पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*