मकवानपुरका श्रेष्ठ बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

मकवानपुर। बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी सहायक हवल्दार श्यामकृष्ण श्रेष्ठ उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा श्रेष्ठलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
असार महिनाको विभिन्न मितिमा फरार प्रतिवादीलाई पक्राउ गरी,चोरी कार्यमा संलग्नलाई पक्राउ,हेटौंडामा अनलाइन जुवा खेल्न समुह पक्राउ जस्ता कार्य गरेकाले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।