बाल यौन दुर्व्यवहारका आरोपित वडाध्यक्ष घलान २४ हजार धरौटीमा रिहा

अखबार हब
२०७९ श्रावण ४, बुधबार ०८:१७

मकवानपुर । राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौँडा आएको बेला एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत मकवानपुरबाट मंगलबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का आरोपित वडाध्यक्ष भुवन सिं घलान धरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले अदालती प्रक्रियाबाट २४ हजार धरौटीमा घलान रिहा भएको जानकारी दिए । घलानमाथि बाल यौन दुर्व्यवहारको मुद्दा चलाइएको थियो ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौँडा आएकी कैलाश–९, स्थित कालिमा माविमा अध्ययनरत् बालिकालाई १९ असारमा वडाध्यक्ष घलानले यौन दुर्व्यवहार गरेको आरोप छ ।

बालिका सुतेको कोठामा मध्यरात पुगेर उनले संवेदनशील अंगमा हात लगेर आफूमाथि दुव्यर्वहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

आरोपित घलानलाई प्रहरीले गत मंगलबार नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरमा ५ दिनको म्याद थप गरेको थियो । हेटौँडा–१ स्थित आसन गेष्ट हाउनसमा विद्यालयले सबै विद्यार्थी र शिक्षकलाई राखेको थियो । घटना भएको दिन वडाध्यक्ष घलान पनि होटलमै बसेका थिए । होटलको एउटा कोठामा पीडित बालिका ३ बालिकासँग बसेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*