चन्द्रागिरीमा लागूऔषधविरुद्ध अभियान संचालन हुने

अखबार हब
२०७९ असार ३२, शनिबार १३:३६

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा रहेको युथ केयर फाउण्डेशनसँगै अन्य पुर्नस्थाना केन्द्रले प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने भएका छन् । शुक्रबार फाउण्डेशनको कार्यालयमा प्रहरी बृत थानकोटले आयोजना गरेको छलफल कार्यक्रमले यस्तो निर्णय गरेको हो ।

बृतका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेको सहभागगितामा भएको छलफलले चन्द्रागिरी नगरपालिकाका सम्पूर्ण वडामा अभियान संचालन गर्ने निर्णय गरेको युथ केयर फाउण्डेशनका अध्यक्ष मधुसूदन सिजापतीले जानकारी दिनुभयो । फाउण्डेशनसँगै अन्य संस्थाले प्रहरीको सहकार्यमा नगरका विभिन्न स्थानमा लागूऔषधविरुद्ध जनचेतनामूलक बोर्ड राख्ने, घरघरमा पुगेर पर्चा वितरण गर्ने, लागूऔषध प्रयोगकर्तालाई मनोसामाजिक परामर्श दिने लगायतका कार्यक्रम गर्ने छन् ।

विगत ५ वर्षदेखि लागूऔषध तथा दुव्र्यशनमा लागेकाहरुलाई परामर्श तथा उपचार गर्दै आएको युथ केयर फाउण्डेशनले स्कुले बालबालिका तथा युवाहरु लागु औषध दुव्र्यशनमा नलागुन भन्ने उद्वेश्यले सचेतामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*