संसदको काम कानून निमार्ण गर्ने हो : सभामुख श्रेष्ठ

अखबार हब
२०७९ असार २३, बिहीबार १६:३५

मकवापुर । बागमती प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले संसदहरु आफ्नो क्षेत्रमा कसरी धेरै बजेट पार्न सकिन्छ भनेर लागि परेको बताएका छन् ।

प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा हेटौंडामा सञ्चालन भएको पाँच दिने नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रमको आज समापन कार्यक्रमा बोल्दै सभामुख श्रेष्ठले संसदको काम भनेको कानून निर्माण गर्ने भएता पनि संसदहरु कानून निर्माण भन्दा पनि आफ्नो क्षेत्रमा कसरी धेरै बजेट पार्ने र विकास निर्माणका काम गरेर देखाउने भन्ने अभियानमा लागेको बताए ।

यस्ता कार्यक्रमले गर्दा संसदको अभ्यास हुँदै जाने बताए । कुर्सीमा बसीसकेपछी जिम्मेवारी बहन गरेर काम गर्नका लागि उनले संसदहरुलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले यो संसदको अभ्यास गर्ने अवसर भएकाले यसमा युवाहरु एकजुट भएर लाग्नुपर्ने बताए । स्थानीय तहमा सरकार र प्रतिपक्ष मात्र नभएर एक भएर काम गर्ने अभ्यास गर्दै आएको उनले बताए ।

गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठकले युवाहरुलाई समेटेर यस्ता कार्यक्रम गर्नु अत्यन्त् महत्वपूर्ण काम भएको बताए ।

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले पाँच दिनको तालिम पछि युवाहरुले ठ्याक्कै संसदको अभ्यास गरेर देखाएको बताए । प्रदेशका पालिकाहरु युवा मैत्री बनाउनका लागि लाग्न पनि उनले आग्रह गरे । स्थानीय तहमा युवा नीति बन्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

तालिम पश्चात प्रदेशसभामा गरिने संसदको सबै अभ्यास युवाहरुले गरेर देखाएका थिए । संसदमा सरकार पक्ष, प्रतिपक्ष, मन्त्री, सभामुख, प्रदेशसभाका सदस्यहरु लगायतकाले बोल्ने र अभ्यास पनि गरिएको थियो ।

बागमती प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागितामा नमुना प्रदेश युवा सभा गरिएको हो । कार्यक्रममा सहभागि युवाहरुले संसदका सबै अभ्यास गरेका हुन् । कार्यक्रममा सहभागिहरुलाई सभामुख श्रेष्ठ, प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी लगायतका अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*