वामदेव गौतम पार्टीबाट निष्काशित (पत्रसहित)

अखबार हब
२०७९ असार १८, शनिबार २०:२२

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध रहेका चार राजनीतिक दलहरुले संयोजक बामदेव गौतमलाई निष्कासन गरेको छ ।

उनीमाथि गम्भीर आरोप लगाउंदै सो पार्टीहरुले उनलाई हटाएका हुन् ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको जनाइएको छ ।

वामदेवलाई हटाएर उनका ठाउँमा एकता अभियानका सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published.


*