हेटौंडामा सरकार विरुद्ध राप्रपाको राँके जुलुस

अखबार हब
२०७९ असार १७, शुक्रबार २२:१८

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आज (शुक्रबार) साँझ हेटौंडामासरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ ।

बेरोजगारी, मंहगी, भ्रष्टाचार एवम् मुल्यवृद्धी विरुद्धको आन्दोलन तथा दवाबमुलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, प्रधानमन्न्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई ज्ञापन–पत्र बुझाइ सके पश्चात राप्रपाले राखेको २२ बुंदे माग कार्यन्यवन तर्फ र हेटौंडा उपमहानगरपालिका समक्ष प्रस्तुत गरेको ६ बुँदे माग सम्बोधनमा सरकार उदासिन रहेकोले दोश्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौंडामा राँके जुलुस गरिएको राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए ।

राँके जुलुससहितको कोण सभामा बोल्दै राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने ,कार्य बाहक जिल्ला अध्यक्ष सागर थापा, राप्रवि संगठनका जिल्ला अध्यक्ष प्रकाश चौलागाईं र हेटौंडा उप–महानगरपालिका कार्यसमिति उपाध्यक्ष शुक्र प्रजाले ज्ञापन पत्रको बिषयमा हेटौंडा उपमहानगरपालिकाले माग सम्बोधन नगरे अझै कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने र नेपाल सरकारले पनि आफुहरुको माग पूरा गर्न आनाकानी गरे जनताले सडकबाट नछाड्ने चेतावी दिएका छन् ।

हेटौंडा–५ स्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुस सानोपोखरा,कान्तिराजपथ हुँदै बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*