खराललाई जेनिथको प्रबन्ध निर्देशकमा स्वागत

अखबार हब
२०७९ असार १७, शुक्रबार १६:५०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित जेनिथ इन्टरनेशनल स्कूल तथा हेटौंडा सिटी कलेजले आफ्नो विद्यालयको प्रबन्ध निर्देशकमा प्राचार्य रघु खराललाई स्वागत गरेको छ ।

हेटौंडामा रहेको तुल्सी मेयर मेमोरिल तथा नारायणी कलेका संस्थापक समेत रहेको खरालखराललाई सिटी कलेजले प्रबन्ध निर्देशकको रुपमा आज एक कार्यक्रमका बिच स्वागत गरेको हो ।

विद्यालयका प्रिन्सीपल श्रीबहादुर कार्कीले खराललाई स्वागत गर्दै खराल अनुभवी, सिप र दक्षता भएको व्यक्ति भएकाले अगामी दिनमा उहाँसँग सहकार्य गरि अगााडी बढ्ने बताए ।

त्यस्तै खरालले आफु यहाँसम्म शिक्षक र अभिभावकको सहयोगले आईपुगोको बताउँदै आफ्ना अनुभव र विचारलाई प्रयोग गरि विद्यालयलाई मकवानपुर जिल्लामा मात्र नभएर नेपालको एक सफल विद्यालय बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफु विद्यालयको प्रबन्ध निर्देशक रुपमा नभएर संरक्षकको रुपमा काम गरि अघि बढ्ने समेत बताए ।

कार्यक्रममा हेटौंडा –५ का वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कलेजका प्रशासकीय अधिकृत सुमन्त सिलवाल, मकवानपुर बहुमुखी क्याम्पसका प्रशासकीय प्रमुख सत्य नारायण सिलवाल, प्राध्यापक डा. ललितकुमार दास, प्राध्यापक मधु कुमार सिं, सामाजिक अभियान्ता दिपेन्द्र ठकुरी तथा विद्यालयका शिक्षकको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालयका अध्यक्ष रमिला पाण्डेको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*