अनेरास्ववियुले गर्यो मकवानपुरगढी दरवार परिसरको झण्डा परिवर्तण

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले ऐतिहासिक मकवानपुरगढी दरवार परिसरमा राखिएको नेपालको झण्डा परिवर्तण गरेको छ ।
आइतवार अनेरास्ववियु मकवानपुरले दरवार परिसरमा राखिएको भण्डा परिवर्तण गर्नुका साथै सरसफाई समेत गरेको हो ।
ऐतिहासिक महत्व बोकेको गढी दरवारमा फोहोर मैला थुप्रिएको र परिसरमा राखिएको नेपालको भण्डा समेत पुरानो भई क्रुप देखिएकोले सरसफाई तथा भण्डा परिवर्तण गरिएको अनेरास्ववियु मकवानपुरका स्वयम सेवक विभाग प्रमुख मनिसमान श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य किशिन घिसिङ, अनेरास्ववियु मकवानपुर सचिव पुष्कर तिमल्सिना, हेटौंडा उपमहानगर कमिटी सह–संयोजक सागर गौतम लगायतको उपस्थिती रहेको थियो ।