वंशगोपाल माविका विद्यार्थीको निःशुल्क आखाँ परिक्षण

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको वंशगोपाल माध्यामिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क आखाँ परिक्षण गरिएको छ । शुक्रबार रोट्रयाक्ट क्लब अफ हेटौंडाको आयोजना तथा हेटौंडा १० स्थित शान्ति अप्टिकल सेन्टरको प्राविधिक सहयोगमा आखाँ परिक्षण गरिएको हो ।
निशुल्क आखाँ परिक्षणमा विद्यालयका ४३० जना विद्यार्थीहरुले सेवा लिएका छन् । एक दिन भएको निशुल्क शिविरमा प्राविधिक तथा औषधि सहयोग शान्ति अप्टिकलले गरेको संचालक सुदीप सिं ठकुरीले बताए ।
विद्यार्थीहरुको आखाँको परिक्षण समय समयमा गर्न सके विभिन्न रोग अघिनै उपचार गर्न सहज होस् भन्ने हेतुले सामाजिक सेवा अनुरुप निशुल्क आखाँ शिविर गरेको ठुकरीले बताए । यस अघि पनि हेटौंडाको एक विद्यालयका निशुल्क शिविर सञ्चालन गरेका थिए ।
शिविर कार्यक्रममा विद्यालयका अध्यक्ष रामकुमार पुडासैनी, प्रअ सन्देश मगर लगायतकाको उपस्थिती रहेको थियो ।